गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा भेटिएको विष्फोटक पदार्थ डिस्पोज गरिएको छ । नेपाली सेनाको रुद्रध्वज गणबाट खटिएको टोलिले उक्त विष्फोटक पदार्थ डिस्पोज गरेको हो । बिहीबार दिउँसो करिब साढे २ बजे नदी किनारमा उक्त विष्फोटक पदार्थ फेला परेको थियो । हिजो नै डिस्पोजको प्रयास गरेपनिContinue Reading

 सिरहा । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिरहाको लहान नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले बाढीपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार उक्त सहयोग रकममा नगर प्रमुख चौधरीले आफ्नो एक महिनाकोContinue Reading

काठमाडौं । नेपाली सेनाले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसको ३५० जनाको उद्धार गरेको छ । ​रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ती मानिस सुरुङभित्र फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, चुनौतीपूर्ण उद्धार कार्य गर्दै सेनाले उनीहरूलाई सफलतापूर्वक उद्धार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अझै पनि सो टनेलभित्रContinue Reading

काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइट टावर पुन: सञ्चालनमा ल्याएको छ । प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुन: सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । विपद्का कारण करिब ७०–८०Continue Reading

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री सुधन गुरुङलाई हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार दिएको छ । आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो अधिकार दिएको हो । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीका कारण घाइते भएका र बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालयContinue Reading

काठमाडौँ । भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडकContinue Reading

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् । पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेकाContinue Reading

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको फैसला अध्ययन समितिले ११ वर्षदेखिका फैसलाहरू पठाइदिन आह्वान गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले १३ भदौ २०८२ मा सर्वोच्च अदालतले गरेका फैसलाहरुको अध्ययन गर्न वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले १ वैशाख, २०७२ देखिContinue Reading

पाल्पा । यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताए। यहाँकाContinue Reading

काठमाडौं । ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–२ घर भइ काठमाडौं बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध ५ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्रContinue Reading