गोरखास्थित त्रिशूली किनारमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा डिस्पोज

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा भेटिएको विष्फोटक पदार्थ डिस्पोज गरिएको छ । नेपाली सेनाको रुद्रध्वज गणबाट खटिएको टोलिले उक्त विष्फोटक पदार्थ डिस्पोज गरेको हो ।

बिहीबार दिउँसो करिब साढे २ बजे नदी किनारमा उक्त विष्फोटक पदार्थ फेला परेको थियो । हिजो नै डिस्पोजको प्रयास गरेपनि सफल भएको थिएन । रसुवाबाट आएको बाढीले उक्त विष्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।