काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिबार आफूले पदबाट राजीनामा दिएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘आज राजीनामा दिएको छु,’ उनले भने । त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए ।Continue Reading

काठमाडौं । पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका चर्चित नेपाली सेफ हुन्– टंक सापकोटा । पोर्चुगलको लिस्बनमा लामो समयदेखि उनले परम्परागत रेस्टुरेन्ट ‘कासा नेपालेसा’ सञ्चालन गर्दै आएका छन् । पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकैContinue Reading

बागलुङ । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो । हलो खरिद गर्न २४ लाख रुपैयाँ खर्चContinue Reading

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ ।Continue Reading

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताएका छन् । १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । विश्वभरिका श्रमिकहरूले संघर्ष गरेर ल्याएको उक्त अधिकारलाई सरकारलेContinue Reading

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का विभिन्न स्थानमा गरिएको अफिम खेती प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ८० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले दुर्गम भूगोल, पहुँचको कठिनाइ रContinue Reading