
काठमाडौं । भदौ १० को विनाशकारी बाढीपछि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका विद्यालयहरू बुधबारबाट खुल्ने भएका छन् । विदुर नगरपालिकाले दुई सातादेखि बन्द रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले बन्द रहेका विद्यालय खुलाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलले जनाएका छन् । ‘हाललाई अस्थायी आवास केन्द्रको रूपमा उपयोग गरिएका र पूर्ण रूपमा क्षति भएका बाहेकका विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्नुहुन अनुरोध गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलद्वारा जारी सूचनामा भनिएको छ ।



