
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताएका छन् । १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । विश्वभरिका श्रमिकहरूले संघर्ष गरेर ल्याएको उक्त अधिकारलाई सरकारले निमोठ्न नसक्ने अध्यक्ष कुँवरले तर्क थियो । उनले सरकारले भ्रमवश ट्रेड युनियन अधिकार खारेज गर्ने भने पनि त्यसको कार्यान्वयन हुन नसक्ने जिकिर पनि गरे । सरकारले त्यसलाई खारेज गर्ने प्रयास गरेर आफूहरुले सरकारलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने अध्यक्ष कुँवरको चेतावनी थियो । उनले राष्ट्रिय श्रम आयोग गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।



