काठमाडौं । सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।Continue Reading

विराटनगर । विराटनगरमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी एकल महिला मनिषा कामतलाई नागरिकता कसरी बनाउने भन्ने प्रक्रिया थाहा थिएन । नागरिकता बनाउने सहज माध्यमको खोजीमा रहेका बेला उनको भेट विराटनगर–११ का करिब ६५ वर्षीय अशोककुमार श्रेष्ठसँग भयो । आफूलाई प्रशासनको प्रभावशाली व्यक्तिको रूपमा चिनाएका श्रेष्ठले मनिषा र उनका मामाको नागरिकताContinue Reading

काठमाडौं । नेपाल टेलिकमले हुम्लाको बानदेव आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय झोला प्रदान गरेको छ । अनलाइनखबरमा गत १३ वैशाखमा ‘दुर्गमका दुख : बोराका झोलामा किताब–कापी’  शीर्षकमा समाचार प्रकाशित भएको थियो । सोही समाचारका आधारमा नेपाल टेलिकमले हुम्लाको ताजाकोट गाउँपालिकास्थित बानदेव आधारभूत विद्यालयका विद्यार्थीका लागि २५ वटा विद्यालय झोला प्रदान गरेको होContinue Reading

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा ४० वर्षीया रञ्जुदेवी यादव मृत अवस्थामा फेला परेकी छन् । लक्ष्मीपुर पतारी–३ महेशपुर निवासी यादवको शव गाउँपालिकाको- ५ र ६ को सीमास्थित सरस्वती खोलाको उत्तरी किनारमा भेटिएको हो। स्थानीय अजय यादवले भैंसी चराउने क्रममा शव देखेपछि परिवारका सदस्य तथा प्रहरीलाई जानकारी दिएका थिए। घटनास्थलContinue Reading

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयरसहित ३ जना तथा एउटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले सर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, सर्तविपरित बढी परिमाणको गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा विशे‍ष अदालतमा भ्रष्टाचार मुद्दा दायरContinue Reading

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)मा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । मंगलबार बर्दघाट नगरपालिका–४ तारेभिरमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् । प्रहरीका अनुसार दुर्घटनामाContinue Reading

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । व्यक्तिको गोपनीयतालाई मध्यनजर गरेर फरेन्सिक परीक्षण र प्रयोगशालाकोContinue Reading

सिरहा । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार ३२६ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । नम्बर ७ गण मुख्यालय, सिरहाका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको नियमित निगरानीContinue Reading

जनकपुरधाम । मधेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा आएर विकास योजनाको भुक्तानी सम्बन्धी विवादकोे समाधान गरेको छ । मधेश सरकारको असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बजेट कार्यान्वयन सहज बनाउनेगरी बाधा अड्काउ फुकाउको निर्णय भएको थियो । सोहीअनुसार सोमबार राजपत्रमा सूचना प्रकाशित भएर योजनामा देखिएको भुक्तानी विवादContinue Reading

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा छापा मारेको छ । पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी जन्य रोग विरुद्ध लगाइने पीपीआर खोप लगाउन नियुक्ति गरेका भ्याक्सिनेटरसँग भुक्तानीका लागि २० देखि २५ प्रतिशतसम्म रकम प्रति भ्याक्सिनेटर घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगContinue Reading