
काठमाडौं । विपद्को उच्च जोखिममा रहेको नेपाल भूकम्पबाट हुनसक्ने सम्भावित क्षतिविरुद्ध जुध्न अन्तर्राष्ट्रिय पूँजीबजारमा जोडिने भएको छ । विश्व बैंकसँगको सहकार्यमा नेपालले त्यस्तो क्षतिमा आपतकालीन वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पूँजीबजारमा ऋणपत्र (बन्ड) जारी गर्ने तयारी थालेको हो । थाइल्यान्डको बैंकमा जारी विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठक (एनुअल मिटिङ्स)का क्रममा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंकका उपाध्यक्ष जर्ज फ्यामिलियरबीच यस सम्बन्धी सम्झौता भएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले विश्व बैंक ‘भूकम्प क्याटास्ट्रोफी बन्ड’ (क्याट बन्ड) सम्झौता गर्न स्वीकृति प्रदान गरेको थियो । दुई पक्षबीच भएको सम्झौताअनुसार बन्ड जारी हुन सफल भयो भने यस्तो औजार प्रयोग गर्ने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक हुनेछ ।



