चितवन । पर्यटकहरूको अनलाइन टिकट काट्ने भन्दै प्रकृया सुरु गरेको झण्डैं ३ बर्ष पछि चितवन राष्ट्रिय निकुञ्जले अनलाइन टिकट काट्ने काम आजदेखि सुरु गरेको छ । निकुञ्जले ट्रायलका रुपमा सौराहा पोष्टबाट पर्यटकहरूको अनलाइन टिकट काट्ने व्यवस्था आजदेखि मिलाएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । वन्यजन्तु वन्यजन्तु अवलोकनका लागि सबैभन्दा धेरै पर्यटक जाने चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन नहुँदा होटल तथा पर्यटन व्यवसायीहरूसमेत आजित बनेका थिए । पर्यटकहरू भौतिक रुपमा नै उपस्थित भएर नगद लगेर मात्रै टिकट लिनुपर्ने अवस्था रहेको थियो ।
२०८३ आश्विन २९, बिहीबार १३:३२



