कांग्रेस जनप्रतिनिधिलाई गगनले भने– भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले म कारबाही गर्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन् ।कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘हाम्रा साथीहरू कुनै पनि खालको आर्थिक अपचलनमा लाग्नु भएको छ भन्ने कुरा तथ्य प्रमणसहित प्राप्त भयो भने त्यसलाई अख्तियारले कारबाही गर्नु पर्दैन,’ सभापति थापाले भने, ‘अख्तियारभन्दा पहलिा मैले कारबाही गर्छु । दायाँ–बाँया कुरा छैन ।’ कर्णाली प्रदेश संसदीय दलका नेता, मन्त्री र सांसदहरू, गत निर्वाचनका सबै उम्मेदवारहरू, प्रदेश भित्रका सबै पालिका प्रमुख–उपप्रमुख सहभागी रहेको कार्यक्रममा उनले पार्टीलाई काम र परिणाम चाहिएको बताए । ‘काम चाहियो, परिणाम चाहियो,’ सभापति थापाले भने ।