दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियमको खेल आज

युरोकपको प्रिकवाटरफाइनलमा दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियम आमनेसामने हुदैँछन्। यी दुई टोलीबीचको खेल जर्मनीको एरिनामा राति पौने १० बजे सुरु हुनेछ। छिमेकी देश विश्वका दुई हेभिवेट फुटबल वरियतामा फ्रन्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन्।यद्यपि यी दुवै टिमले चालु प्रतियोगितामा आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेको छैनन्। फ्रान्सका कप्तान तथा प्रमुख स्ट्रइकर केलियन एम्बापेले एक गोल मात्र गरेका छन्। त्यो पनि पोल्यन्डविरुद्ध उनले पेनाल्टी मार्फत गोल गरेका हुन्।कतार सम्पन्र विश्वकपमा आठ गोलसहित गोल्डेन बुट जिते एम्बापे युरो लयमा देखिएका छैनन्। यस .प्रतियोगितामा फ्रान्सको अग्रपङत्तिमा खेल्ने शैलिलाई लिएर पनि आलोचना भइरहेको छ। बेल्जियम समूह चरणको अन्तिम खेलमा युक्रेनसँग गोलरहित बराबरीमा रोकिएर अगाडि बढेको हो। सो खेलमा युक्रेन धेरै पटक जितको नजिक पुगेको थियोतर बेल्जियम भाग्यशाली साबित भयो। पछिल्लो दुई युरोमा दाबेदारका रुपमा पुगे पनि बेल्जियम कवाटरफाइनलबाटै बिदा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *