
वीरगंज। आईसीसी टी२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि जितेको हो।१० वर्षपछि विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछयाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासनले ५१, कविन्टन डी ककले ३९,ट्रिस्टन स्टबसले ३१ डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन्। बलिङतर्फ भारतको अर्शदीप सिंह,जसप्रति बुमराह र हार्दिक पाण्डेयाले समान २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।भारतका लागि खेलमा ओपनर विराट कोहलीले ७६,अक्षर पटेलले ४७ र शिवम् दुवेले २७ रन बनाए।बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नोर्किया र केशव महाराजले समान २(२ तथा मार्को जनसेन र कगिशो राबाडाले समान १(१ विकेट लिए। १ विकेट भने रनआउटका रुपमा प्राप्त भएको थियो।



