
स्वास्थय तथा जनसङ्ख्या मन्त्रालय जङ्गली च्याउ नखान आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थय शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विज्ञप्ति जारी गर्दै त्यसतो आग्रह गरेको हो। पछिल्लो समय देशभर जङ्गली च्याउ खाएर बिरामी पर्ने देखि ज्यानै जानेसम्मका घटना हुन थालेपछि मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको हो। जङ्गली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुद्मव छ। वर्षा ऋतुको आगमनसँगै जङ्गली च्याउहरु उम्रिन थाल्छन्। जङ्गली च्याउहरु विषालु हुने भएकोले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुने गर्छ।



