विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।अमेरिकाको एनआरजी स्टेडियममा आज बहिान भएको खेलमा इकवेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।खेलको ३५औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो। खेलको ६४ औँ मिनेटमा पेनाल्टी मिस गर्दा खेल बराबरीमा ल्याउन चुकेको इकवेडरले खेलको अन्तिम समयमा गोल गर्यो।इकवेडरका केल्भिन रोड्रिगोले ९१औँ म्निनेटमा गोल गर्दै बराबरीमा ल्याए। त्यसपछि भएको पेनाल्टीका पहिलो गोल नै मेस्सीले मिस गर्न पुगे। त्यसपछि अर्जेन्टिनाका चार खेलाडीले गोल गर्दै सेमिफाइनलमा पुर्याए। अर्जेन्टिनाले सेमफिाइनलमा भेनुजएला र क्यानडाको विजेतासँग खेल्नेछ। यी दुईबीचका खेल भोलि बहिान हुनेछ।
२०८१ असार २१, शुक्रबार १०:५९



