काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् । मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालयContinue Reading

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्रालयबाट कोटेसनको काम बन्द गरेका छन् । २० लाखसम्मको योजना कोटेसनमार्फत गर्न मिल्ने भए पनि मन्त्री राईले मन्त्रीस्तरीय निर्णय गर्दै कोटेसन बन्द गरेर सबै बजेट कार्यान्वयनका लागि अनिवार्य ठेक्का प्रक्रियामा जानुपर्ने निर्णय गरेका हुन् । कोटेसनको काम बन्द गरेपछि संसदीयContinue Reading

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । शुक्रबार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनको उपचारको क्रममा प्रादेशिकContinue Reading

काठमाडौं । संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो । सरकारको तर्फबाट समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी थिए । मन्त्रीContinue Reading

भोजपुर। भोजपुरका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन्।दशैं–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ। बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन्। केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन्। भोजपुर नगरपालिका–५ काContinue Reading

काठमाडौं । टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिक दुर्घटना भएको छ । सो विमानमा २० जना सवार थिए । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन्, तरContinue Reading

काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित हासिल गरेको हो । श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर मनकेसी चौधरीले २२ बलमा अविजित ६१ रनको आक्रामकContinue Reading

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुखमा नियुक्तContinue Reading

काठमाडौं। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी मंगलबार नयाँदिल्ली प्रस्थान गरेका हुन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइContinue Reading

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निजी विद्यालयलाई १० प्रतिशत नि:शुल्क छात्रवृत्ति दिन निर्देशन दिएका छन्। ‘संस्थागत विद्यालयले आ–आफ्ना विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने पर्ने नियम रहेछ। सो नियम अनुसार छात्रवृत्ति पाएकाContinue Reading