तानसेन (पाल्पा)। पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको हो । रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नानContinue Reading

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)ले पार्टीको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी एक भएका छन् । त्यसपछि जसपाले विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले निवेदन प्राप्त भएको जानकारी दिएको छContinue Reading

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले केहीबेरपछि पार्टीले नयाँ सभापति पाउने बताएका छन् । विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै मन्सुरले अहिलेसम्म सभापति शेरबहादुर रहेको र केहीबेरपछि गगनकुमार थापा पार्टी नेता निर्वाचित हुने बताएका हुन् । ‘शेरबहादुर देउवाजी अहिलेसम्म हाम्रो सभापति भन्दैछौँ । केहीबेरपछि हाम्रोContinue Reading

काठमाडौं ।  थकाली समुदायले आफ्नो संस्कृतिबारे काठमाडौँमा विमर्श गरेका छन् । थकाली समुदायको लागि काम गर्दै आएको थासाङ जागरण मञ्चले पहिलोपल्ट थकाली जनजातिको विविध सांस्कृतिक पक्ष तथा विशिष्ट अधिकार विषयक जागरण सभा आयोजना गरेको हो । मन्चका अध्यक्ष वसन्त शेरचनको अध्यक्षतामा सोमबार आयोजित समारोहमा थकाली समुदायका विशिष्टता झल्काउने विभिन्न प्रस्तुतिContinue Reading

काठमाडौं । वैदेशिक रोजगार विभागले इराकमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन आह्वान गरेको छ । लामो समयदेखि इराकमा काम गर्दै आएका नेपालीलाई श्रम स्वीकृति लिन आह्वान गरेको हो । मन्त्रिपरिषद्को ११ पुसको बैठकले वैदेशिक रोजगारीका लागि इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णयContinue Reading

काठमाडौं । थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’  मनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव  मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीलेContinue Reading

काठमाडौं । पत्रकार आचारसंहिता कार्यान्वयनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरूसँग छलफल गरिएको छ । प्रेस काउन्सिल नेपालले सोमबार पत्रकार आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग छलफल गरेको हो । वरिष्ठ पत्रकार युवराज घिमिरेले आचारसंहिताको महत्व र पत्रकारिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा दूरदर्शन र एआईआरका लागि कार्यरत श्वेता सिंह,Continue Reading

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निष्क्रिय हुने भएका छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । आइतबार यी दुई दलहरूबीच भएको सम्झौतामा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा जसपा नेपालका उम्मेदवार निष्क्रिय हुने विषय समेत समावेश छ ।  महन्थContinue Reading

मुस्ताङ । हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् । हिउँदयामको मौसममा यहाँको पर्यटन व्यवसाय ठप्पै हुने गर्छ । यसैका कारण यहाँ हुन पर्यटकीय ‘अफसिजन’को छेकोमाContinue Reading

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाContinue Reading