उपसभापतिमा सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल बनेकी छिन् । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएका हुन् । जसमा कानुनमन्त्री समेत रहेकी गौतमको प्रस्तावक भूमिमन्त्री रावल बनेकी हुन् ।पदाधिकारीको उम्मेदवार मनोनयनमा प्रस्तावक १ जना र समर्थक पनि १ जना भए हुने व्यवस्था छ । गौतम केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउनेमध्येकी दोस्रो नेता हुन् । उनले महिला उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराउँदै छिन् ।