
काठमाडौं । सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निःशुल्क शिक्ष, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गरिने बताए । गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम पुनरावलोकन गरिने बताए ।सामुदायिकमा दीर्घकालीन लगानी र निजी लगानीका विद्यालयलाई सेवा मुखी बनाउन नियमन गर्ने घोषणा गरेको छ । इलर्निङ र कृत्रिम बुद्धिमतालाई अगाडि बढाउने योजना सरकारले अगाडि सारेको छ । विश्वविद्यालयको शासकीय संरचनामा सुधार गरिने नीति सरकारको छ । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलनलाई पनि सरकारको प्राथमिकता दिएको छ ।



