
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का विभिन्न स्थानमा गरिएको अफिम खेती प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ८० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले दुर्गम भूगोल, पहुँचको कठिनाइ र निगरानीको चुनौतीबीच फैलँदै गएको लागुऔषधजन्य वनस्पतिमाथि गरिएको यो कारबाहीलाई प्रहरीले ‘नियमित नियन्त्रण अभियान’ अन्तर्गतको कदम भनेको छ। प्रहरीले फडानी गरिएको अफिम नष्ट गर्दै सम्भावित दुरुपयोग र अवैध कारोबार रोक्न समयमै कदम चालिएको बताएको छ ।लागुऔषध नियन्त्रणका लागि निगरानी र सचेतनामूलक गतिविधि अझ कडा बनाइने जनाएको छ। साथै, यस्ता वनस्पति देखिएमा तत्काल सूचना दिन स्थानीयवासीलाई आग्रह गरिएको छ।



