शव पहिचान भएपछि मात्र अस्पतालले आफन्तलाई हस्तान्तरण गर्ने, १२ वटाको सकियो परीक्षण

त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गर्ने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमश: हस्तान्तरण हुने जनाइएको छ । शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले शव पहिचान नभइकन दिन नमिल्ने बताए । हाल सम्म १२ वटा शव परीक्षण सकिएको छ । पहिचान नभएकाहरुको डिएनए गर्नुपर्ने र नतिजा आउन दुई हप्ता लाग्ने उनले बताए । भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला । प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ, उनले भने । उनले विज्ञहरु संवेदशीलपूर्वक कामा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि सकेसम्म छिटो हस्तान्तरण गरिने जानकारी दिए । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडे लगत्तै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *