ललितपुरका थप दुई जनामा हैजा पुष्टि

ललितपुरमा थप दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । टेकु अस्पताल का निर्देशक डा. युवानिधि बसौलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनस्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो । भर्खर रिपोर्ट आएको छ । बसौलाले भने, तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभ आएको छ । उनीहरु पनि हैजाको सङ्क्रमण हुनसक्ने आशङ्कामा टेकु अस्पताल भर्ना भएका थिए । अहिले उनीहरु अन्यत्रै उपचार गराइरहेको आफुले थाहा पाएको बसौलाले बताए । यीसहित हैजा पुष्टि हुनेको सङ्ख्या तीन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *