
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन् ।केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि परिवारका आफन्तले उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीलाई खबर गरेका थिए । खोजीका क्रममा आइतबार केसीलाई सोही नालामा मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।



