
जनकपुरधाम । बाराको जितपुर–सिमरामा तीन दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन् । जितपुर–सिमरामा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरी मृत फेला परेकी हुन् । उनी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन् । मंगलबार साँझ घरभन्दा करिब ५० मिटर पर एक सुनसान घरभित्र गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली पुगेर अनुसन्धान गर्दा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता निलप्रसाद घलेले जानकारी दिए । बालिकाको कसैले हत्या गरेर शव लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।



