काठमाडौंमा दिउँसो ताला फुटाएर चोरी, सामातिए ४ जना

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ टौडोलमा घरको ताला फुटाएर ठूलो मात्रामा गरगहना चोरी भएको छ । चोरीको आरोपमा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ का २५ वर्षीय सुमन थापा मगर, कन्चनपुरको कृष्णपुर नगरपालिका घरभ एका २३ वर्षीय दीपेश नेगी, गोरखाको धार्चे गाउँपालिका–५ का ५१ वर्षीय धनबहादुर सुनार र सोही ठाउँका ३५ वर्षीय सुकबहादुर गुरुङ छन् । उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । यो समूहले २६ साउनमा टौडोलस्थित एक घरमा चोरी गरेको थियो । उनीहरुबाट नगद ७५ हजार, सुनका मुन्द्रा, झुम्का, औंठी, सुनका गहनाका टुक्राहरु, ल्यापटप, मोबाइल, घडी, युएस डलर, फलामे छिनो, रड, मूर्ति, क्याप टोपी, खुकुरी जस्ता सामानहरु बरामद गरेको छ ।