रास्वपा डडेल्धुराको सभापतिमा अवस्थी

डडेल्धुरा । रास्वपा डडेल्धुराको सभापतिमा ई. सुरेन्द्र अवस्थी चयन भएका छन् । पहिलो जिल्ला अधिवेशनबाट अवस्थीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी बनेको छ । शनिबार उद्घाटन गरिएको अधिवेशनमा सर्वसम्मतको प्रयास भए पनि उपसभापति र सचिव पदमा सहमति हुन सकेको थिएन । उक्त दुई पदमा भएको निर्वाचनमा उपसभापतिमा मदन धामी र सचिवमा टंक अवस्थी निर्वाचित भएका छन् । उपसभापतिका अर्का उम्मेदवार चन्द्र खड्का थिए भने सचिवमा अमरगढी नगरपालिका डडेल्धुराका निवर्तमान उपमेयर समेत रहेकी संगीता भण्डारी थिइन् । त्यस्तै, सहसचिव बसन्त पाण्डेय, सदस्यहरू मिना फुलारा, देव सिंह भाट, सन्तोष ऐर, चन्द्रदेव कुँवर, जितेन्द्र जैरु चयन भएका छन् ।