
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ६८ करोड ६९ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाको २० औं नगरसभामा उपप्रमुख गंगा श्रेष्ठले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि चालू तथा पूँजीगत खर्चको विवरण सार्वजनिक गरेकी हुन् ।प्रस्तुत बजेटअनुसार चालूतर्फ ४७ करोड ४१ लाख २४ हजार ९ सय रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ २१ करोड २८ लाख २ हजार ९ सय रुपैयाँ छुट्याइएको छ । नगरपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार प्रवर्द्धन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ । नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि आवश्यक प्रक्रियामार्फत पारित गरिने नगरपालिकाले जनाएको छ ।नगरपालिकाले स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने गरी बजेट ल्याएको बताइएको नगरउपप्रमुख श्रेष्ठले बताइन् ।



