धमाधम सुरु भयो लाइसेन्स वितरण

काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरण गरिरहेको छ । मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ । अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।