
दोलखा । दोलखामा अघिल्लो दिन भएको प्रतिनिधिसभा चुनावको मतगणना कार्य दिउँसो ३ बजेबाट सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ८४ हजार ४८१ मत खसेको छ । जिल्लामा १ लाख ७० हजार ३२१ कुल मतदाता रहेकोमा ८४ हजार ४८१ ले मात्रै मतदान गरेका हुन् । मतदान गर्नेमा ४५ हजार ४५७ जना पुरुष र ३९ हजार २४ जना महिला रहेका छन् । यस क्षेत्रमा रास्वपाका जगदीश खरेल, नेपाली कांग्रेसका अजयवावु सिवाकोटी, एमालेका पार्वत गुरुङ, नेकपाका विशाल खड्का, राप्रपाका प्रविणकुमार थोकर तामाङ लगायत उम्मेदवार छन् ।



