
काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ । आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमा नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्ने उल्लेख गरेको छ । तालिका अनुसार यूएईसँग फेब्रुअरी ३ को साँझ ५:१५ देखि खेल सुरु हुनेछ भने क्यानडासँग फेब्रुअरी ५ को दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ । दुवै खेल चेन्नईस्थित एमए चिदाबरम रंगशालामा हुनेछ । त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल खेल्ने तालिका छ । टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ । नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।



