जनकपुरमा बालेनले भने- भेटेर खुसी लाग्यो, विशेष कुरा भोलि भन्छु

जनकपुरधाम । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर जनकपुरधाम आइपुगेका रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूलाई खुसी लागेको बताएका छन् । ‘जनकपुर आएर तपाईंहरूसँग भेट्न पाउँदा खुसी लागेको छ । माया लागेको छ’ उनले भने । उनले भोलि जनकपुरधाममा सम्बोधन गर्ने सभाको बारेमा तयारी भइरहेको बताए । सभा हुँदा हुने सुरक्षाबारे सम्बन्धित निकायसँग छलफल गर्ने पनि उनले बताएका छन् । साथै, विशेष कुराहरू भोलि भेटघाट र सम्बोधनको क्रममा भन्ने बताए ।