काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ गम्भीर

हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको जिप दुर्घटना भएको हो । ९ जना सवार रहेको जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । दुर्घटनामा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ जना बालक गरी ९ जना घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए । बालक र बालिकाको अवस्था मध्यम रहेको डीएसपी बोगटीले बताए । इलाका प्रहरी कार्यालय भीमफेदीले घटनास्थलबाट घाइते ९ जनालाई उद्दार गरी हेटौंडातर्फ उपचारका लागि पठाइएको छ ।