
काठमाडौं । बाराको सिमरामा भइरहेको जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगञ्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ना ६ ख ८४४५ नम्बरको बसले बा ९३ प ३९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । घाइतेलाई तत्काल उद्धार गरेर उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पठाइएको डीएसपी जोशीले बताए ।बस वीरगन्जबाट यात्रु लिएर पथलैयातर्फ जान लागेको थियो । जेनजी प्रदर्शनको कारण सिमराबाट अगाडि बढ्न नसकेपछि पुन: वीरगन्जतर्फ नै फर्कन लाग्दा मालपोत चोकमा स्कुटरलाई ठक्कर दिएको हो । सिमरा चोक र मालपोत तोकको दुरी दुई किलोमिटर छ ।



