चार महिनापछि शिक्षकले पाए तलब

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकले चार महिनापछि तलब पाएका छन् । गाउँपालिकाको विवादका कारण शिक्षकले तलब पाएका थिएनन् ।विद्यालय नै बन्द गरेर गाउँपालिकामा धर्ना दिएपछि शिक्षकले तलब पाएका हुन् । दशैं तिहारमा पनि शिक्षकले तलब भत्ता पाएका थिएनन् । ‘अघिल्लो शुक्रबार साउनदेखि असोजसम्मको तलब पायौं । दशैंको भत्ता पानि आयो,’ आधारभूत विद्यालयका प्रधानाध्यापक दुखन यादवले भने ।पालिकाका १६ वटा विद्यालयका शिक्षक र कर्मचारीहरूले लामोसमय आन्दोलन गरेका थिए ।