सशस्त्र प्रहरीका प्रवक्ता धौवजीको अवकाश

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीको अनिवार्य अवकाश भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा हल्चोक पुगेका गृहसचिव रामेश्वर दंगालले आज शुक्रबार उनलाई बिदाई गर्दै अवकाश पछिको जीवनका लागि शुभकामना व्यक्त गरे ।उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले संगठनमा पुर्‍याएको योगदानको प्रशंसा गरे । ३० वर्षे अवधिका कारण अनिवार्य अवकाश भएका धौवजी २५ असोज २०५२ मा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी गठन भएपछि उनी स्थानान्तरण भएर सशस्त्रमा आएका थिए ।