५ महिनामा ४ हजार भारतीय तीर्थयात्रीले गरे मानसरोवर कैलाश दर्शन

हुम्ला। नेपालगञ्ज विमानस्थल हुँदै हुम्लाको सिमकोट विमानस्थलबाट हिल्सा नाका भएर चिनको पुराङ काउन्टीमा रहेको मानसरोवर कैलाश दर्शन गर्न भारतीय तिर्थयात्रीको चाप ह्वात्तै बढेको छ। कोरोना महामारी अघि १२ हजार भारतीय तीर्थयात्री सिमकोट विमानस्थल हुँदै कैलाश मानसरोवर दर्शन गरेका थिए। तर कोरोना महामारी पछि चीनले मानसरोवर कैलाश यात्रा रोक लगाएको थियो। हाल कैलाश मानसरोवर यात्रा खुलेपछि पछिल्लो समय नेपालगञ्ज विमानस्थलबाट हुम्लाको सिमकोट विमानस्थल हुँदै हिल्सा नाकाबाट मानसरोवर कैलाश दर्शन गर्न भारतीय तिर्थयात्रीहरूको संख्या निकै बढेको हो।

८१ सालको चैत २ गतेदेखि नेपालगन्ज विमानस्थलबाट सिमकोट विमानस्थल स्थल हुँदै हिल्सा नाकाबाट मानसरोवर कैलाश दर्शन गर्न भारतीय तीर्थयात्रीहरूको संख्या बढेपछि सिमकोट विमानस्थल पनि निकै चलायमान भएको छ। गत चैत महिनादेखि हालसम्म भारतिय तीर्थयात्रीहरू १८ सय २९ महिला, १९ सय ५७ पुरूष गरि जम्मा ३७ सय ८७ जना र अन्य मुलुकबाट १३८ महिला,१६६ पुरूष गरि ४ हजार ९० जनाले हिल्सा नाकाबाट मानसरोवर कैलाश दर्शन गरेको सिमकोट विमानस्थल सुरक्षा गार्ड प्रहरी चौकीको तथ्याङ्क छ। मानसरोवर कैलाश दर्शन गरी भारतीय तीर्थयात्री १४ सय ५० जना महिला, १६ सय ४९ जना पुरूष अन्यु मुलुकका १०८ महिला र १२० पुरूष गरि ३ हजार ९० जना सिमकोट विमानस्थल हुँदै नेपालगन्ज झरिसको विमानस्थल सुरक्षा गार्ड प्रहरीको तथ्याङ्कमा छ।

दैनिक सीता, समिट,तारा एयरलाइन्सको जहाजले नेपालगन्जबाट उडान भर्दै आएका छन् भने सिमकोट विमानस्थलबाट उत्तरी हिल्सा नाकासम्म निजी एयरलाइन्सका हेलिकप्टर कैलाश, माउन्टेन, प्रभु, समिक फिस्टेल लगायतका उडान भर्दे आएका छन। तर पछिल्लो समय तीर्थयात्री हुम्ला भित्रिन थालेपछि यहाँका होटेल, रेस्टुरेन्ट भरिभराउ छन। सिमकोट विमानस्थल पूर्वाधार अभावले तीर्थयात्री आरम गर्न समस्य भएको छ।