
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । उक्त खण्डको खहरे खोला (मुग्लिन नजिकै) सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।पहिरोका कारण अहिले दुईतर्फ नै सडक अवरुद्ध भएको छ । पहिरो दिउँसो ३ बजे खसेको हो । पहिरो हटाउने काम भइरहेको बताइएको छ । यसअघि पनि पहिरो खसेर सडक अवरुद्ध बनेको थियो करिब साढे ४ घण्टापछि सवारी सञ्चालन भएको थियो । पहिरो हटाएर सवारी सञ्चालन भएको दुई घण्टापछि पुन: पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।



