ऐतिहासिक गहवामाईको तेश्रो रथयात्रा भव्य रुपमा सम्पन्न

ऐतिहासिम गहवामाईको तेश्रो रथयात्रा वीरगंजमा सम्पन्न भएको छ । हजारौ श्रद्धालु भक्तजनहरुको उपस्थितिमा सो रथयात्रा नगरको विभिन्न भागमा परिक्रमा गरि गहमाई मन्दिरको प्राङगणमा सम्पन्न भएको हो । गहवामाईको १३औ जन्मउत्सवको अबसरमा सो रथयात्रा बारा,पर्सा,रौतहट,सर्लाही,लगायत हजारौ श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति समेत रहेको थियो । आज साँझ माहाआरती हुनुका साथै भजन कृतन गरि धार्मिक सास्कृति कार्यक्रम हुने गहवामाई संचालक समितीले जनाएका छन ।