एफबीआई निर्देशकको राजीनामा घोषणाले ट्रम्प खुसी, भने-अब अमेरिकामा कानुनको शासन फर्कन्छ

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल ब्युरो अफ इनभेस्टिगेशन (एफबीआई) का निर्देशक क्रिस्टोफर रेको राजीनामा बारे टिप्पणी गर्दै खुसी व्यक्त गरेका छन् । उनले रेले राजीनामा दिएको दिनलाई अमेरिकाको लागि महत्वपूर्ण भनेका छन् । ट्रम्पले एक्समा लेखेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिका लागि ठूलो दिन हो। यसले अमेरिका न्याय विभागको हतियारको रूपमा प्रयोग गर्न बन्द हुनेछ । अब हामी सबै अमेरिकीहरूका लागि कानुनको शासनलाई पुन: लागु गर्नेछौं।’ ट्रम्पले अगाडि भनेका छन्, ‘क्रिस्टोफर रेको नेतृत्वमा एफबीआईले अवैध रूपमा मेरो घरमा छापा मार्‍यो। उनले आफ्ना शक्तिहरूको प्रयोग निर्दोष अमेरिकीहरूलाई डराउन र समाप्त गर्नका लागि गरे।’ ट्रम्पले काश पटेलको सम्भावित नियुक्तिलाई संकेत गर्दै भनेका छन्, ‘एफबीआईको इतिहासमा काश पटेल सबैभन्दा योग्य व्यक्ति हुन्, जसले एजेन्सीको नेतृत्व गर्नेछन्। उनी कानुन र व्यवस्था सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छन् ।’ ट्रम्पको यो भनाइ हालै एफबीआई निर्देशक क्रिस्टोफर रेले राजीनामा दिने निर्णय गरेपछि आएको हो। रेले बुधबार एफबीआईको आन्तरिक बैठकमा आफ्नो राजीनामा घोषणा गर्दै केही हप्तासम्म सोचविचार गरेपछि पदमा नरहने सुनाएका थिए । बुधबार अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका निर्देशक रेले ट्रम्पले पदभार सम्हाल्नुअघि नै आफूले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। यसअघि ट्रम्पले राष्ट्रपति पदमा फर्केपछि क्रिस्टोफर रेलाई पदबाट हटाउने संकेत गरेका थिए । क्रिस्टोफर रेलाई ट्रम्पले नै आफ्नो अघिल्लो कार्यकाल (सन् २०१७) मा १० वर्षका लागि नियुक्त गरेका थिए । तर, ट्रम्पले राष्ट्रपति चुनाव हारिसकेपछि एफबीआईले ट्रम्पविरुद्ध अनुसन्धान सुरु गरेको थियो। यसपछि रेले ट्रम्प र रिपब्लिकनहरूको कडा आलोचना झेल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *