चुरे संरक्षण अभियन्ताले घेरे मधेशको मुख्यमन्त्री कार्यालय

जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरुले मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय  घेराउ गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल यादवको अगुवाइमा कार्यालय घेराउसँगै ज्ञापनपत्र समेत बुझाएका छन् । दलित, भुमिहीन, सुकुम्बासीहरुको भूमि अधिकार, अवैध उत्खनन बन्द, वन अतिक्रमण नियन्त्रण, खुल्ला चरिचरण बन्द लगायतको माग गर्दै कार्यालय घेराउ गरेका छन् । यी मुद्दाहरुसहित संरक्षण अभियान दुई वर्षदेखि आन्दोलनमा छन् । उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै मागहरु यथाशीघ्र पूरा गर्न आग्रह गरेका छन् । अभियानले भोलि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर इकाईको घेराउ गर्न जनाएको छ । अध्यक्ष यादवले  माग पूरा र तीनवटै तहका सरकार जिम्मेवार नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *