बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। उनको राजीनामा बंगलादेशको कानुन तथा न्याय मन्त्रालयमा पुगिसकेको सल्लाहकार आसिफ नजरुलले बताए ।  मन्त्रालयकको उनको राजीनामालाई राष्ट्रपति कार्यालय पठाउने तयारी गरेको छ। प्रदर्शनकारीले प्रधानन्यायाधीश हसनलाई दिउँसो १ बजेभित्र राजीनामा बुझाउन अल्टिमेटम दिएका थिए। प्रदर्शनकारीको अल्टिमेटमपछि हसनले राजीनामा बुझाएका हुन् । आरक्षणविरोधी आन्दोलनले बंगलादेशको राजनीतिमा उथलपुथल पुर्‍याएको छ। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाड्नुपरेक छ। अहिले बंगलादेशमा अन्तरिम सरकार गठनको गरिएको छ। जसको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *