काभा वुमन्स भलिबल नेसन्स लिग:श्रीलंकालाई हराउँदै भारत फाइनलमा

          भारतले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको छ । मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५-१५,२५-२६,२५-२३ ले हरायो । सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि तेस्रो सेटमा सुरुवातमा श्रीलंकाले १२ – ८ को अग्रता लिएपछि भारतलाई केही कठिन परेको थियो । तर त्यो अग्रता धेरै समय जोगाउन सकेन । भारतले लगातार चार अंक बटुल्दै १२-१२ बराबरि गरेको थियो । निरन्तर प्रतिस्पर्धा भएको तेस्रो सेट अन्तयमा भारतले २५२३ ले जित्यो । भारतले फाइनलमा बुधबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा आज ५:१५ मा नेपाल र इरानबिच प्रतिस्पर्धा हुँदैछ । लिगमा इरानले नेपाललाई ३-२ को सेटमा हराएको थियो । त्यसैको कारण नेपाल शिर्षस्थानमा रहदै श्रीलंकासँग खेल्ने अवसर गुमाएको थियो । नेवाल ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको थियो । इरान ४ खेलमा ३ मा जित १ मा हार सहित ७ अंकका साथ तेस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *