वीरगञ्जमा करेन्ट लागेर १ जना कर्मचारीको मृत्यु

वीरगञ्जमा । वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नेपाल विधुत प्रधिकरण वीरगञ्ज वितरण केन्द्रका एक कर्मचारीको सोमबार बेलुकी करेन्ट लागेर मुत्यु भएको हो । वीरगञ्ज माहानगरपालिका वडा नम्बर १२ मूर्लीमा विधुत पोलमा मर्मत क्रममा करेन्ट लागेर विधुत प्रधिकरण कार्यरत रामबाबु चौधरी मलहाको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मराज थिङले जानकारी दिनुभयो । वीरगञ्ज महानगरपलिका वडा नम्बर २५ निवासी मलाह करेन्ट लागेर घाईते भएपछि उपचारका लागि गण्डक स्थित बयोधा मेडिसिट अस्पतालमा पुर्‍याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मलहाको मृत्यु पश्रचात उनका परिवार आफन्त र नेपाल विधुत प्रधिकरणबीच क्षतिपूर्तिको विषयमा आपसी सहमतिपछि अस्पतालमै मुचुल्का भईरहेको प्रहरी निरीक्षक थिङले बताउनुभयो। मुचुल्का तयार भएपछि पोष्टमार्टका लागि नारायणी अस्पतालमा ल्याईने र पोष्टमार्टम पछि परिवारलाई शव जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *