
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये तनिजना एउटै परिवाको भएको पाइएको छ । जहाजमा सवार मनुराज शमा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान्,श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत थिइन् । प्रविधिक मनुराज पोखरा जाने भएपछि अफिसबाट र छोरा अधिराजलाई विधालयबाट बोलाएर घुम्न पोखरँ लग्दै थिए ।



