फे्रन्च फुटबल क्लबको मालिक बन्दै केलियन एमबाप्पे

एजेन्सी । फ्रान्सका फुटबल सुपरस्टार केलियन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् । फ्रेन्च क्लब पीएसजी छोडेर स्पेनिस महारथी रियल मड्रिड पुगेका २५ वर्षीय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत शेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ । एम्बाप्पे आफ्नो करियरको शरुआतमा मोनाको क्लबमा हस्ताक्षर गर्नुअघि किशोरावस्थामा केनसँग लगभग आवद्ध भएका थिए । केन गत सिजन लिग २ मा छैटोंँ स्थानमा रहेको थियो । यस क्लबका पूर्व खेलाडीमा एम्बाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी रहेका छन् । सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियनसमेत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *