वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । द्मापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोला हो पल्लो खोलो कमिलाको गोलो ‘सहितका लोक गीत निकै चर्चित छन् । वि.स.१९९३ सालमा धनकुटामा जन्मिएका जोशी पछि द्मापा बसाइँ सरेका थिए । विर्तामोडस्थित घरमा बिहिबार साद्मँ खाना खाएपछि अचानक बेहोस भएका उनलाई उपचारको लागि अस्पताल लैजानेक्रममा निधन भएको हो । जोशी लामो समय देखि मधुमेहका बिरामी थिए । उनको आजै बिहान द्मापाको कनकाई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकबि केशरी धर्मराज थापासँग काम गरेका थिए । उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए । जोशीको रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अद्मै पनि चर्चित छन् । उनले २०१३ सालमा पहिलोपटक नेपालको माया नेपाल कस्तो छ बालको गीत रेकर्ड गराएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *