
वीरगञ्जबाट प्रकाशित हुदै आइरहेको मधेस तेश्रो आँखा दैनिक पत्रिकाको तेश्रो वार्षिकोत्सबको उदघाटन जगरनाथपुर गाँउपालिका प्रमुख श्रीकान्त यादवले गर्नुभएको थियो । उनले भने पत्रकारले सत्य तथ्य समाचार लेखन आग्रह गर्नुभएको हो । अहिले पत्रकारले हचुवाको भरमा समाचार लेखन गर्नाले जनताको विश्वास गुम्ने खतरा बाट आफ्नो शाख राख्न प्रमुख यदवले अपिल गरेका हुन । पत्रकारले समाजमा भइरहेको बेथितिको बारेमा उजागर गर्ने काममा सहयोगी भुमिका खेल्नुपर्ने बताए । त्यसैगरी विशिष्ट अतिथि सखुवा प्रसौनी गाँउपालिका प्रमुख जसवन्त यादवले अहिले केहि पत्रकार आफ्नो ब्यक्तिगत फाइदा लिने उदेश्यले पित पत्रकारीता गर्नाले सिगो पत्रकारीता माथि लालछाना चल्ने काम भइरहेको बताए । उनले आफ्नो पलिकामा हुदै नभएको भ्रष्टचारको समाचार लेखेर ब्यक्तिगत लाभान्वित हुने बीरगंजको एक पत्रिकाले गरेको सखुवा प्रसौनी गाँउपलिका प्रमुख यादवले खुलासा गरेका छन् । पालिकाले करोडौं रकम भ्रष्टचार गरेको भने समाचार प्रति सो वार्षिकोत्सब समारोहमा यादवले बताएका हुन । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासघंको मधेस प्रदेशका महासचिव श्याम बन्जरा, प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य जगत राई, मधेस प्रदेश अध्यक्ष आशिक अन्सारी, सौन्दर्य युनियनका मधेस प्रदेशका अध्यक्ष ओम कुमारी शर्मा, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम, प्रेस चौतारी पर्साको अध्यक्ष तुलसी भन्डारी, लगायतले पत्रकारीता पेसा मर्यादा भित्र रहेर सत्य तथ्य समाचार लेखने चुनौतीपूर्ण काम भएको बताएको छन् । अहिलेको अवस्थामा पत्रिका संचालन गर्नु चानचुने कुरा नभएको त्यसैले सबैको साथ सहयोग तथा समन्वयको खाचो रहेका बताएको छन् । कार्यक्रमको स्वागत मन्तबय पत्रिकाका प्रधान सम्पादक गणेश ठकुरीले गर्नु भएको भने कार्यक्रमको सहजिकरण पत्रकार सुर्य वि.क.ले गरेका थिए ।



