काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेविसंघका काठमाडौं अध्यक्ष अन्शुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पसका नेविसंघ अध्यक्ष प्रेम श्रेष्ठ, नेविसंघका कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरिका नेविसंघ उपाध्यक्ष रोहन देशार र त्रिचन्द्रकाContinue Reading

काठमाडौं । सांसदहरूले बाढीपहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सभामुखबाट सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मितेरी पुल भासिएको विषय स्मरण गरे । कहिँ बाढीबाट त कहिँ सुख्खाबाट जनता प्रभावित भएको उनको भनाइ छ। मधेश प्रदेशले सुख्खा क्षेत्रContinue Reading

वीरगञ्ज । खानेपानीको चरम अभावले आक्रान्त वीरगञ्ज महानगरपालिकाका बासिन्दाहरूले स्थानीय वडा कार्यालयहरूबाट सिफारिसका नाममा मनपरी शुल्क असुली भएको गम्भीर गुनासो गरेका छन् । खानेपानी संस्थानको नयाँ धारा जडानका लागि आवश्यक सिफारिस लिन जाँदा विभिन्न वडाहरूले एक हजार पाँच सयदेखि तिन हजार रुपैयाँसम्म शुल्क लिने गरेको सेवाग्राहीहरूले बताएका छन् । पारदर्शितामाथि प्रश्नContinue Reading

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजले बुधवार आफ्नो प्राङ्गणमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा २४ महिलासहित १६९ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय गर्मी बढेसँगै वीरगञ्जमा देखिएको रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कलेजका संस्थापक निर्देशकContinue Reading

वीरगञ्ज । पछिल्लो केही महिनादेखि वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा चापाकल सुकेर खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको  छ । सङ्कटको घडीमा वीरगञ्ज महानगरपालिका – १० का वडाध्यक्ष पदका उम्मेदवार तथा समाजसेवी अजय कुमार गुप्ताले मानवीय पहल गर्दै निःशुल्क पानी वितरण सुरु गरेका छन् । गुप्ताले सखुवा प्रसौनी गाउँपालिकाबाट वारुण यन्त्र (दमकल) मार्फतContinue Reading

वीरगञ्ज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन गाउँमा नन्दु राउत कुर्मीको हत्या प्रकरणमा संलग्न पाँच जनालाई पुर्पक्षका लागि कारागारमा राख्ने आदेश जिल्ला अदालत बाराले दिएको छ । जिल्ला अदालत बाराका मुख्य जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यको एक नम्बर इजलासले असार २२ गते उक्त आदेश दिएको हो । अदालतले आरोपीहरूलाई कर्तव्यContinue Reading

वीरगञ्ज । बारा जिल्लास्थित अमलेखगञ्जमा प्रहरीले चेकजाँचका क्रममा करिब १ करोड २५ लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामान तथा ट्रकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको चेकिङContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अहिले आफ्ना ३२ वटै वडामा खानेपानीको चरम सङ्कटको सामना गरिरहेको छ । अपेक्षित वर्षा नहुँदा भू–जल सतह असामान्य रूपमा घटेपछि घरघरमा जडान गरिएका चापाकलहरू सुक्न थालेका छन् । चापाकलहरू सुक्दा नगरवासीको दैनिक जीवनयापनमा गम्भीर असर पारेको छ । पानीको अभावले खाना पकाउने, सरसफाइ र पशु चौपायालाई पानीContinue Reading

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो परिमाणमा काजु सहितको एउटा ट्रक बरामद गरेको छ । सर्लाहीको बागमती नगरपालिका–१२ बागमतीस्थित प्रहरी चेकपोस्टमा प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले ८ क्विन्टल २० केजी काजुसहित ग २ ख १४१८ नम्बरको ट्रक बरामद गरेको हो । सर्लाहीको कविलासी–३ मदनपुरबाट काठमाडौँ तर्फ जाँदैContinue Reading

पर्सागढी । पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले नगरभित्रका विभिन्न वडामा भइरहेको शैक्षिक संरचना निर्माण तथा स्तरोन्नतिको कार्यको स्थलगत अनुगमन गरेका छन्। नगरप्रमुख पाठकसँगै ईन्जिनियर राजेश प्रसाद बास्तोला तथा स्थानीय समाजसेवी र विद्यालय प्रतिनिधिहरूको सहभागितामा विभिन्न निर्माणाधीन भवनहरूको अनुगमन गरिएको हो। अनुगमन टोलीले वडा नं. ३ स्थित श्री जनता माध्यमिक विद्यालय, पकडियांContinue Reading