
विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल पूरा होला भन्ने सायदै सोचेका थिए । तर, पाँच वर्षे कार्यकाल पुरा गरेर उनी बिदा हुँदैछन् । केन्द्रमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले उनलाई जनता समाजवादी पार्टी नेपालको कोटाबाट प्रदेश प्रमुख बनाएको थियो । राजनीतिक अस्थिरता, पटक–पटक फेरिने सत्ता समीकरण र संघीय सरकार फेरिनासाथ प्रदेश प्रमुख फेर्ने प्रवृत्तिका कारण खापुङले विराटनगर आउँदा निकटस्थहरूसँग भन्ने गर्थे, ‘फिर्ता नबोलाएसम्म त काम गर्ने हो ।’ तर, सबै आशंका र राजनीतिक उथलपुथललाई चिर्दै खापुङले पाँच वर्षे संवैधानिक कार्यकाल सफलतापूर्वक पूरा गरेका छन् ।



