
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । सानोठिमीस्थित परिषद् बाहिर धर्ना दिइरहेका छन् । सोमबारदेखि आन्दोलन सुरु गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । दुई महिने सेवा निरन्तरता खारेज गरि १ वर्षलाई निरन्तरता दिनुपर्ने लगायतका ९ बुँदे माग राखेका छन् । आज सीटीईभीटी प्रशासनसँग वार्ता भएपनि माग सम्बोधन नभएकाले आन्दोलन जारी राखेको आन्दोलन परिचालन समितिका सह–संयोजक युकेश गौतमले बताए ।



