
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा छलफलकै क्रममा उनी बेहोस भएका थिए । १८ साउन राति बेहोस भएर ढलेपछि मध्यपुर ठिमी अस्पतालमा भर्ना भएका थिए । त्यहाँबाट वीर अस्पताल सरेका थपलियाको एक साता बढी बीर अस्पतालमा उपचार भयो । ‘रिर्पोटहरु नर्मल आएपछि हिजो मात्र डिस्चार्ज हुनुभयो,’ थपलियाका छोरा सुरजले भने, ‘आज चितवन फर्कदैछौं ।’ थपलियालाई हटाएर ओलीले किरण थापामगरलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएका छन् ।



