
काठमाडौं । प्रतिनिधिसभामा तीन वटा विधेयक पेश भएका छन् । सभाको सोमबारको बैठकमा सरकारको तर्फबाट मन्त्रीहरुले तीन वटा विधेयक प्रश्तुत गरेका हुन् ।बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ प्रश्तुत गरे । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गरिन् । त्यसैगरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रश्तुत गरेका छन् ।



